शाहसिक मनोञ्जनात्मक पर्यटकीय गतिविधि विस्तार गर्दै लुम्बिनी केबलकार
आधुनिक युरोपियन टेक्नोलोजी र केबलकार निर्माणमा १ सय वर्ष भन्दा बढीको अनुभव रहेको हाल सम्म विश्व भर १५ हजार भन्दा बढी केबलकार निर्माण गरिसकेको यूरोप अष्ट्रियाको डोपलमेयर कम्पनी बाट निर्माण सम्पन्न भई ०८० जेठ १५ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको लुम्बिनी केबलकारको जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट औपचारिक रुपमा सम्उद्घाटन भयो । लुम्बिनी प्रदेशको पहिलो, बृहत आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटक प्रबर्द्धन केन्द्रको रुपमा स्थापित केबलकार बाट केही समय अघि मात्र प्रदेशको अस्थायी राजधानी बुटवल बाट दाङ्ग गएकोमा उदास र निराश बुटवल बासीहरुमा नयाँ आशा र विश्वासको सञ्चार हुन पुग्यो ।
लुम्बिनी केबलकार सञ्चालनमा आएसगै आन्तरिक पर्यटकको लागि बुटवल एक प्रमुख गन्तव्य नै बनेको छ । दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकहरु देशका विभिन्न स्थानहरुबाट केबलकारमा यात्रा गर्नका लागि बुटवलमा आउने गरेको लुम्बिनी केबलकारले जनाएको छ। पछिल्लो समय भारतीय पर्यटकहरु लुम्बिनी केबलकार घुम्नको लागि आउने क्रम बढिरहेको छ भने मुक्तिनाथ मन्दिर र पोखरा भ्रमणको लागि जाने भारतीय पर्यटकहरु माता कामाख्याको दर्शन गरेर मात्र फर्किने गरेको पाईएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
बिदाको समयमा बिदा मनाउन र बालवालिकाहरुलाई शाहसिक यात्रामा सहभागि गराउनको लागि अन्य ठाउँहरुमा जानुपर्ने लुम्बिनी बासीको बाध्यता लाई केबलकारको सञ्चालन संगै सम्बोधन भएको लुम्बिनी केबलकारका अपरेशन म्यानेजर दिल्ली नारायण कायस्थले बताउनु हुन्छ । कायस्थका अनुसार केबलकारको शाहसिक यात्रा संगसगै माता कामाख्या दर्शनका अतिरिक्त बालबालिका तथा युवाहरुको शाहसिक मनोञ्जनको लागि वशन्तपुरमा सतह देखि भण्डै ५०-८० फिटको उचाईमा जिपलाईन १ सय साठी मिटर विशाल जाईन्ट स्वीङ्ग, स्काई साईकिलिङ २ सय मिटर बालवालिकाहरुको लागि बालउद्यान निर्माण भई सञ्चालनमा आईसकेको छ ।
केवलकारको मनोरम यात्रा संगसगै टप स्टेशन बशन्तपुरमा शाहसिक मनोरञ्जनात्मक गतिविधिको अभाव भएको गुनासो आउने गरेकोमा अहिले पर्याप्त मनोरञ्जनात्मक संरचनाहरु जिपलाईन, स्काई साईकिलिङ्ग, जाइन्ट स्वीङ्ग निर्माण गरि सञ्चालन गरिएको अपरेशन म्यानेजर कायस्थले बताउन भयो ।
गर्मीयामको शुरुवात संगसगै शितलताको लागि दैनिक संयौको संख्यामा यात्रुहरु बुटवल हुदै केबलकारको माध्यमवाट तिनाउ ३ पाल्पा बशन्तपुर पाल्पा जाने गरेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ । समुद्री सतहबाट झण्डै ३ हजार फिटको उचाईमा रहेको केबलकारको माथिल्लो स्टेशनमा झण्डै ८ देखि १० डिग्रीको तापक्रम फरक हुने गरेको पाईएको छ। लुम्बिनी केबलकारको यात्रामा नेपालको विभिन्न स्थानहरुबाट र भारतको विभिन्न राज्यहरु बाट दैनिक संयौको संख्यामा यात्रहरु आउने गरेको र लुम्बिनी केवलकार भारतीय एवं लुम्बिनी घुम्न आउने अन्य देशका पर्यटकहरुको लागि एउटा महत्वपूर्ण पर्यटकीय गनतव्यको रुपमा विकशित भएको लुम्बिनी केबलकार कम्पनीले जनाएको छ।



