spot_img

बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा १७ जना घाइते

बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। बुधबार राति पौने ८ बजे ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारबाट अर्नाकोट जाँदै गरेको ग२च २३१४ नम्बरको जिप ढोरपाटन ५ को मस्तीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
घाइतेमध्ये ढोरपाटन ५ की १९ वर्षीया शर्मिला भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङ डीएसपी विजय यादवले जानकारी दिए।

‘उनलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरी उपचारको लागि राति नै पोखरा लगिएको छ,’ यादवले भने, ‘१७ जना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।’
घाइतेमध्ये अधिकांश महिला र बालबालिका छन्। चालकले चिप्लो सडकमा ब्रेकफेल हुँदा दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन्।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर