spot_img

म्याद गुज्रिएको औषधि पाइएपछि अस्पताल र फार्मेसीलाई औषधि बिक्रीमा रोक |

सिद्धार्थनगर नगरपालिकाले म्याद गुज्रिएको औषधि पाइएकाले सराफ फार्मेसी र अस्पताल लाई औषधि बिक्रीका लागि रोक लगाएको छ ।

सिद्धार्थनगर ८ रबि पथमा रहेको सराफ अस्पताल र फार्मेसीमा कागजपत्र नपाइएको, कर्मचारी पनि नपाइएको ल्याबमा १ जना कर्मचारी मात्र भएको, नियम र कार्यविधि विपरीत फार्मेसीले बिक्री गरेको पाइएको सिद्धार्थनगर नगरपालिकाकी उपमेयर तथा नगरपालिका अनुगमन समिति संयोजक उमा अधिकारीले बताउनुभयो ।

अनुगमनको क्रममा म्याद गुज्रिएको औषधि पाइएको, फार्मेसीमा व्यक्ति नभएको ल्याबको कर्मचारी भेटिएको र कागज पत्र समेत कुनै नभएको पाइएकाले नगरपालिकामा कागज पत्र ल्याउन भन्दै हालका लागि औषधि बिक्री गर्न रोक लगाइ बन्द गराइएको सिद्धार्थनगर नगरपालिका स्वास्थ्य प्रमुख गिता पोख्रेलले जानकारी दिनुभयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर