लुम्बिनी केबलकार अक्षय तृतीयाको दिन केबलकारको यात्रुलाई निशुल्क सातु सर्वत, फलफुल
अक्षय तृतीयाको दिन केबलकारको यात्रुलाई निशुल्क सातु सर्वत, फलफुल बुटवल बैशाख २८
बमघाट प्रगतिशील आमा समूह बुटवल ३ रुपन्देहीले अक्षय तृतीयाको अवशरमा आज केबलकारको यात्रा गर्ने यात्रुहरुलाई निशुल्क सातु, सर्वत, फलफुल वितरण गरेको छ। लुम्बिनी केबलकारको बटम स्टेशनको प्रवेश द्वारमा दिनभर केबलकारमा यात्रा गर्ने यात्रुहरु तथा स्थानीय लाई सातु सर्वत, फलफुल वितरण गरिएको बमघाट प्रगतिशील आमा समूहका अध्यक्ष मीना कुँवरले बताउनु भयो ।
अक्षय तृतीयाको दिनलाई अत्यन्तै पवित्र दिन मानिन्छ। आजको दिन स्थान, दान, जप, तप बाट अक्षय फल प्राप्त हुने र पितु उद्धारको कार्य सिद्धि हुने धार्मिक तथा परम्परागत मूल्य मान्यता रही आएकोले बमघाट प्रगतिशील आमा समूहले केबलकारमा यात्रा गर्ने यात्रुहरु र स्थानीयलाई निशुल्क सातु, सर्वत, वितरण गरेको अध्यक्ष कुँबरले बताउनु भयो ।
लुम्बिनी केबलकारको सञ्चालन संगसगै हाल संयौको संख्यामा मानिसहरु बुटवल उपमहानगरपालिका वडा नं.-३ बमघाटमा आउने गर्दछन्। एक वर्ष अघिसम्म प्राय सुनसान हुने बमघाट
अहिले चलाएमान बनेको स्थानीयहरुले बताए ।
लुम्बिनी केबलकार बुटवल-३ बमघाटको लागि मात्रै नभई देश तथा विदेशी पर्यटकहरुको लागि समेत एउटा पर्यटकीय गनतब्यको रुपमा निर्माण र विकाश भएकोले यसमा यात्रा गर्ने यात्रुहरु बुटवल- ३ बमघाटका समेत अतिथिहरु भएकोले सबैको स्वागत तथा संत्कार गरिएको बमघाट प्रगतिशील आमा समूहका पदाधिकारीले बताए ।
लुम्बिनी केबलकार लिमिटेडको बुटवल उपमहानगरपालिका वडा नं.-३ रुपन्देहीमा बटम स्टेशन र पाल्पा तिनाउ गाउँपालिका वडा नं.-३ बशन्तपुर डाडामा टप स्टेशन रहेको छ। बुटवल बाट १२ मिनेट केबलकारको रमणीय यात्रा बाट बशन्तपुरमा पुग्न सकिन्छ भने केबलकारको माथिल्लो स्टेशन बशन्तपुरमानेपालको एक शक्तिपिठ कामाख्या देवीको मन्दिर रहेको छ ।
केबलकारको यात्रा बाट बुटवल शहर, सिद्धबाबा धाम, तराई, पहाड हरियाली वन जंगल एवं उत्तर तर्फ अन्नपूर्ण हिम श्रृखला देखि दक्षीण तर्फ नेपालको गौतमबुद्ध विमानस्थलका साथै भारतको गोरखपुर सम्मको दृश्यालोकन गर्न सकिन्छ। लुम्बिनी केबलकारको यात्रा बाट एकै साथ तराई, पडाह र हिमालको अनुभूति गर्न सकिन्छ ।
गर्मीयामको शुरुवात संगसगै शितलताको लागि दैनिक संयौको संख्यामा यात्रुहरु बुटवल बमघाट हुदै केबलकारको माध्यमबाट तिनाउ ३ पाल्पा बशन्तपुर पाल्पा जाने गरेको लुम्बिनी केबलकार लिमिटेडलेजनाएको छ । समुद्री सतहबाट झण्डै ३ हजार फिटको उचाईमा रहेको केबलकारको माथिल्लो स्टेशनमा झण्डै १० डिग्रीको तापक्रममा फरक हुने गरेको पाईएको छ। लुम्बिनी केबलकारको यात्रामा नेपालको विभिन्न स्थानहरुबाट र भारतको उत्तर प्रदेश तथा विभिन्न बन्य राज्यहरु बाट दैनिक संयौको संख्यामा
यात्रुहरु आउने गरेको र लुम्बिनी केबलकार भारतीय पर्यटकहरुको लागि एउटा महत्वपूर्ण पर्यटकीय गनतव्यको रुपमा विकाश हुदै गईरहेको स्थानीयहरुले बताए ।



