गैडहवा गाउँपालिका सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल बिजयि
रुपन्देहीको गैडहवा गाउँपालिका सुर्यपुरा बहुमुखी क्याम्पसमा प्रगतिशील तिलक रिजालको प्यानलनै बिजय भएको छ ।
केहि दिन पहिला सहमति गर्दा दुवै पक्षय असफल भएसि क्याम्पस समितिको लागि बैशाख २७ गते बिहान ८ बजे देखि १२ बजे सम्म मतदान भएको थियोे ।
अध्यक्षमा निर्वाचित तिलक रिजाल हात्ति चुनाव चिन्हमा ६२ लिएर बिजय भएका थिए सदस्यमा क्रमश तिलक रिजालका प्यानल सदस्य ६०,,६५,६३,५९,५९,५८, ७५ सम्पूर्ण प्यानलले जित हात पारेका थिए प्रतिस्प्रधि राम बेलास यादवले ५२ मत पाएका थिए क्रमशः राम बेलास का सदस्य हरुको मत ४५,४४,४६,४९,५१ मत लिएका थिए
क्याम्पस सन्चालन समितिमको चुनावमा ११६ सदस्य मध्य १०० प्रतिशतले मतदान गरेका थिए
कार्यक्रममा गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले सहमति गर्दागर्दै सफल नभएपछि विकल्पको रुपमा चुनाव मार्फत प्रतिस्पर्धा गरेर आउने टिमलाई बधाई दिदै शिक्षा क्षेत्रमा चुनाव भएतापनि कुनै राजनीति नगरि काम गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष तिलक रिजालले सम्पूर्ण को साथ सहयोग अनुसार अगाडि बढने बताए मतदान गर्ने नगर्ने सम्पूर्ण लाई धन्यवाद दिए निर्वाचन अधिकृत कैलास यादवले निर्वाचनको समयमा सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिदै निर्वाचित टिम लाई बधाई तथा शुभकामना दिए ।



