spot_img

विश्व रेडक्रस दिवसको अवसरमा भैरहवामा अन्तक्रिर्या कार्यक्रम सम्पन्न

आज विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । विशुद्ध मानवीय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनबाट आधिकारीक मान्यता प्राप्त गर्‍यो । तर नेपालमा भने वि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो । रेडक्रसका निकाय र यसमा आवद्ध लाखौं रेडक्रसकर्मीहरुका लागि आजको दिन एउटा विशेष पर्व पनि हो । यो हेनरी प्रति श्रद्धासुमन प्रकट गर्ने र अभियानमा मानवीय गतिविधि, यसका आदर्श सिद्धान्त र समृद्ध इतिहासलाई प्रचार–प्रसार गर्ने एउटा महत्वपूर्ण अवसरका रुपमा लिने गरिन्छ । रेडक्रस अभियानले हरेक वर्ष विश्वभरी सशस्त्र संघर्ष, प्राकृतिक प्रकोप र अन्य आकस्मिक परिस्थितिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले बिपद जोखिम न्यूनीकरण योजना निति र राष्ट्रिय बिकास परिदृश्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
विश्वव रेडक्रस दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।
स्वागत मन्तव्य जिल्ला उप – सभापति रुपमा हिराचनले विश्वव रेडक्रस दिवसको अवसर समेत शुभकामना दिनु भएको थियोे
कार्यक्रम उद्घाटन नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति दिपक क्षेत्री न्यौपानेले रेडक्रस आपतकालीन अबस्थामा काम गर्दै प्रकोप बिपत्त लागि पुर्व तयारी सम्पूर्ण शाखाले तयार गर्नुपर्नेमा जोड दिनु भयो रुपन्देहीमा नेपाल रेडक्रसले अब नयाँ थप योजना सहित अगाडि बढन लागेको बताउदै जहा समस्या त्यहा रेडक्रस भने मुल नारालाई अगाडि राखेर काम गर्न आग्रह गर्नु भएको हो।नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य महेन्द्र नारायण श्रेष्ठले रुपन्देही रेडक्रसले धेरै उदाहरणीयकाम गरेको बताउदै बिपत जुनसुकै समयमा आई पर्ने भएकोले पुर्व तयारी सम्पूर्ण शाखाले सम्पूर्णले गर्नु भयो ।

कार्यक्रममा रेडक्रस प्रेमी दिवाकर सुवेदीले प्रकोप बिपद अचानक आउने भएकोले पुर्व तयारी हुनुपर्ने र आपतकालीन अबस्थामा रेडक्रसले प्रहरी स्थानीय जनता संग उदारमा लाग्नुपर्नेमा जोड दिनु भयो।
प्रशिक्षक सामुदायिक सहजकर्ता डिलिराज जोसिले प्रकोप र बिपतको बारेमा जानकारी दिदै जोखिम बारेमा रेडक्रसले काम गरेको बताउनु भयो ।
नेपाल रेडक्रस रुपन्देहीले विभिन्न रोणि समरिमाई मर्चवार लुम्बिनी साँस्कृतिक नगरपालिका फागुन देखि बैशाख सम्म १५१ जनालाई तिर्पाल कंबल कपडा लगाएत आवस्यकता अनुसार सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले बताएकोछ ।

कार्यक्रम सन्चालन रुपन्देही जिल्ला सचीव रामचन्द्र उपाध्ययाले गर्नु भएको थियोे।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर