spot_img

भीम धिताल र अन्जु पन्तको सहकार्य एउटा खुशी

मोडल तथा निर्माता भीम धिताल (स्माइल)ले गायिका अन्जु पन्त सँग सहकार्य गर्दै एउटा खुशी बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । यो गीतबाट धितालले निर्देशनमा समेत आफूलाई अगाडी बढाएका छन् ।

पन्त र एरेन्जर समेत रहेका विशाल निरौलाको स्वर रहेको गीतका शब्द  किरण के उप्रेतीले लेखेका हुन भने सङ्गीत ज्ञानेन्द्र गिरीको रहेको छ ।

विक्रम बुढाथोकी र  जिसु कोइरालाको अभिनय रहेको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन । भिडियोको रङ्ग संयोजन र सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।  आफ्नै च्यानल बाट सार्वजनिक गरेको  भिडियोलाई राजीव समर  र भीम धितालले निर्देशन गरेका हुन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर