२० बैशाख, कपिलवस्तु
कपिलवस्तुको जिल्ला को वाणगंगा नगरपालिका वडा नम्बर- ८ ढोडेकोलमा श्रीमान्-श्रीमती मृत फेलाकपिलवस्तु परेको प्रहरीको भनाइ रहेको छ । बुधबार बिहान ८ बजेतिर उनी मृत फेला परेको स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । मृतक श्रीमान् भर्याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी छन् ।
घटना हुँदा घरमा कोही नभएको बताइएको छ।
प्रहरीको टोली घटनाको पुगेर अनुसन्धान भैरहेको बताएको छ के कति कारणले दुईजना घरमा झुन्डिएर मृत्यु भएकोहो स्थानीय समेत अचम्मित रहेका छ्न ।



