spot_img

धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकशित हुदै पाल्पा बशन्तपुर

धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकशित हुदै पाल्पा बशन्तपु बैशाख  १९

एक वर्ष अघि सम्म सुनसान रहेको तिनाउ गाउँपालिका वडा नं.-३ बशन्तपुर पाल्पा अहिले निकै चलाएमान देखिन्छ । फाट्टफुट्ट पैदल यात्रीहरु मात्र कहिलेकाहीं पुग्ने गरेको बशन्ततपुरमा अहिले दैनिक सयौको संख्यामा मानिसहरु पुग्ने गरेका छन्

सर्वसाधारण नागरिक मात्र होइन नेपाल सरकारका मन्त्री, सांसद उच्च पदस्थ कर्मचारीहरु पनि प्राय बशन्तपुरमा भेटिन्छन् । एक वर्ष अघि सम्म सुनसान बशन्तपुर पाल्पा लुम्बिनी केबलकारको सञ्चालनमा आए सगै यस क्षेत्रको प्रमुख पर्यटकीय गनतव्यको रुपमा विकाश भएको हो ।

अहिले गर्मीयाम शुरु भएको छ । नयाँ शैक्षिक शत्रको पनि शुरुवात भएको छ । विद्यालयहरु आंशिक मात्र खुलेका छन् । अभिभावकहरु छोराछोरीहरुलाई रिफ्रेस गराउन, शैक्षिक मनोञ्जनात्मक गतिबिधिमा संलग्न गराउन चाहन्छन् । गर्मी छल्न शाहसिक यात्राको अनुभूति गर्नको लागि केबलकार मार्फत बशन्तपुर जानेहरुको संख्यामा अहिले उल्लेख्य वृद्धि भएको स्थानीय बिर बहादुर थापाले बताउनु भयो ।

स्थानीयहरुको अनुसार अहिले पाल्पा बशन्तपुरको आर्थिक गतिबिधिहरु चलाएमान बनेको छ । दर्जनौ संख्यामा पसल तथा होटेलहरु खुलेका छन् । मनोरञ्जनको लागि लुम्बिनी केबलकारले जीपलाईन, स्काई साईकिलिङ्ग, स्वीङ्ग सञ्चालनमा रहेको छन् । तराईको चर्को गर्मीबाट राहत पाउनको लागि पहाडको शितलताको आनन्द लिनको लागि बशन्तपुर अहिले नयाँ गनतव्यको रुपमा देखापरेको छ ।

हरियाली वन जंगल, पडाडको भिर, पखेराको दृश्यालोकन गर्दै बुटवल बाट १२ मिनेटको केबलकार यात्रा बाट बशन्तपुर पुग्न सकिन्छ । चुरेको अग्लो चुचुरोमा रहेको बशन्तपुरबाट खुल्ला आकाश मात्र होइन नेपालको भूगोलको यर्थाथताको अनुभूति गर्न सकिन्छ ।

मंगलवार मध्यान्यको समयमा हाम्रो लुम्बिनी खबरको टिम पाल्पा बशन्तपुर पुग्दा संयौको संख्यामा यात्रुहरु केबलकारको माध्यमबाट बशन्तपुरमा आहोर दोहोर गरिरहेको भेटिए । बशन्तपुर कामाख्या मन्दिरको प्राङ्गणमा दाङ्गको तुल्सिपुर उपमहानगरपालिका वडा नं.६ बाट परिवार सहित आउनु भएका श्यामराज पन्थी हुनुहुन्थ्यो । ८१ वर्षिय आमा कलावति समेत उहाँ केबलकारको यात्रामा आउनु भएको रहेछ । सक्षिप्त कुराकानीको कर्ममा उहाँले केबलकारको यात्रा एवं माता कामाख्याको दर्शनले स्वर्गीय आनन्द अनुभूति प्राप्त भएको बताउनु भयो
माता कामाख्याको मन्दिर लुम्बिनी केबलकारको माथिल्लो स्टेशन तिनाउ ३ बशन्तपुर पाल्पामा अवस्थित छ । पौराणिक मान्यता अनुसार महायज्ञको कुण्डमा सतिदेवीले देह त्याग गरे पछि कोधित भई उक्त शरिरलाई महादेवले बोकि हिडेकोले महादेव लाई शान्त पार्नको लागि भगवान विष्णुले धारण गरेको चक्र प्रयोग गरि सति देविको शरिरलाई छेदन गरेको र छेदनबाट निश्किएका शरिरका विभिन्न भागहरु मध्ये निलाञ्चल पहाडमा सतिदेवीको गर्भ खस्न गई त्यहिबाट माता कामाख्या प्रकट भएको धार्मिक विश्वास मान्यता रहि आएको छ । माता कामाख्याको मन्दिरलाई

संसारको एक आध्यात्मिक एवं रहस्यमय मन्दिरको रुपमा लिने गरिन्छ । माता कामाख्याको मन्दिरमा जुन इच्छा लिएर भक्त आउछ त्यो इच्छा, मनोकामना पुरा हुने धार्मिक विश्वास रहि आएको छ भने माता कामाख्याको ५२ औ शक्तिपिठको रुपमा तिनाउ गाउँपालिका-३ पाल्पामा कामाख्या मन्दिर रहेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर