spot_img

कन्चन १ दुर्गा माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण

कन्चन १ दुर्गा माध्यमिक बिद्यालय विद्यालयमा शैक्षिक सामाग्री वितरण

बुटवल । रुपन्देहीका सामाजिक अभियान्ताहरुले विद्यालयमा शैक्षिक सामाग्री वितरण सुरु गरेका छन । आफ्नो नास्ता खर्च कटाएर गरिब तथा बिपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण सुरु गरेका हुन । अभियान्ताहरुले मंगलबार रूपन्देहीको कञ्चन गाउँपालिका १ लौसामा रहेको दुर्गा माध्यमिक विद्यालयका ६० जना गरिब तथा बिपन्न बर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन । सामाजिक अभियान्ताहरु डोलराज भण्डारीको नेतृत्वमा नेत्र लामिक्षाने , आनन्द गिरी , सुर्दशन अवधको टोलीले मंगलबार विद्यालयमा पुगेर विद्यार्थीलाई कापि, कलम वितरण गरेको हो । सामाजिक अभियान्ता डोलराज भण्डारीले नास्ता खर्च कटौती गरेर विद्यार्थीलाई कापि कलम वितरणको अभियान सुरु गरिएको बताउनुभयो । जेहेन्दार तथा गरिब बिपन्न परिवारका विद्यार्थीलाई पढ्नको लागि सहयोग गर्ने उद्देश्यले अभियानको सुरुवात गरिएको उहाँको भनाई छ । रुपन्देही जिल्लामा रहेका १४२ जना अभियान्ताहरुले शिक्षा क्षेत्रको सुधारको लागि शैक्षिक सामाग्री र विद्यालय पोशाक वितरणको लागि अभियान सञ्चालन गरिएको भण्डारीले बताउनुभयो ।

कञ्चन गाउँपालिका वडा न. १ का वडा अध्यक्ष हरिनारायण थारूले नास्ता खर्च कटौती गरेर विद्यार्थीलाई कापी कलम वितरण गरेर अभियान्ताहरूले उदाहरणीय काम गरेको बताउनुभयो । यस दुर्गा माविमा विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने गरेको बताउँदै उहाँले विद्यालयको भवन निर्माणको लागि गाउँपालिकाले प्रदेश र संघीय सरकारसँग बजेट माग गरिरहेको बताउनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यमबहादुर कार्कीले गरिब तथा बिपन्न बर्गका बालबालिका दुर्गा माविमा पढ्न आउँने गरेको र शैक्षिक सामाग्रीको अभावले पठनपाठनमा प्रभावित नहोस भन्दै अभियान्ताहरुको सहयोग आएको बताउनुभयो । विद्यालयमा प्रयाप्त भवन नभएको बताउँदै उहाँले भवन निर्माणको लागि समेत सहयोग गर्नको लागि आग्रह गर्नुभयो ।

विद्यालयका प्रधानध्यापक जागेश्वर अधिकारीले २०४८ सालमा स्थापना भएको विद्यालयमा अहिले बालकक्षादेखि १० कक्षासम्म ४ सय विद्यार्थी रहेको र भवनको अभावले पठनपाठनमा समस्या हुने गरेको बताउनुभयो । यस्तै सैनामैना ९ भरैयाका अग्नि पिडित लाई पनि शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको अभियान्ता आनन्द गिरीले जानकारी दिनुभयो । गरिबीको कारणले भर्ना हुनबाट बञ्चित रहेका बालबालिकालाई पनि विद्यालय भर्नाको सहयोग गरिने उहाँले बताउनुभयो । विद्यालयका शिक्षक निर्मल अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर