spot_img

गैडहवा गाउँपालिका अध्यक्षद्वारा जिवन ज्योति माविमा दुई कोठे भवनको शिलान्यास

गैडहवा गाउँ पालिका अध्यक्षद्वारा जिवन ज्योति माविमा दुई कोठे भवनको सिलान्यास।
दिनेश प्रसाद लोध, लुम्बिनी
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ७ मा रहेको जिवन ज्योति माध्यमिक विद्यालयमा दुई कोठाको शिलान्यास गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकारको विनियोजित बजेटमा २० लाखको लागतमा दुई कोठे भवनको सिलान्यास गर्दै अध्यक्ष पौडेलले विद्यार्थीहरुको अत्यधिक चाप र कक्षाकोठाको अभाव झेलिरहेकाेले त्यसलाई मध्यनजर गर्दै विद्यालयको भवन शिलान्यास गरि विद्यालय भवनको निर्माण कार्य गुणस्तरीय एवं फलदायी हुने भएकाले
गुणस्तरीय शिक्षा प्रवाह सबैको साझा उद्देश्य
रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम धनी बरईले विद्यालयमा राम्रो गुणस्तरिय शिक्षा दिने बताउदै विद्यालयमा चहे जति पर्याप्त भवन नहुँदा शिक्षण शिकाई प्रभाव परिरहेको छ । एउटै कक्षा अवश्यकता भन्दा बढी विद्यार्थीहरु राखेर अध्यापन हुदै आएको छ । एउटा कक्षाकोठामा ७० र ८० जना विद्यार्थी राखेर पठाउनु पर्ने बध्यता रहेको बताउँदै खानेपानीको समस्या , ऐच्छिक विषयको कक्षाकोठाको अभाव, शिक्षक दरबन्दीको अभाव, बिज्ञान प्रयोगशाला कोठाहरुको समेत आभव रहेको वहाले बताए ।
उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राम प्रसाद लोध,पुष्पा गुप्ता, दिना नाथ केवट , जनक दुलारी थारु, प्रधानध्यापक अमरजित लोध, शिक्षा प्रतिनिधि सोमनाथ यादव र सम्पुर्ण शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर