spot_img

धनुषामा मृत फेला परेका युवक भारतीय रहेको खुल्यो

  • धनुषामा मृत फेला परेका युवक भारतीय रहेको खुल्यो

धनुषाको नगराइनमा सोमबार मृत फेला परेका युवक भारतीय रहेको सनाखत भएको छ ।

मृतक भारतको विहार राज्य मधुवनी जिल्लाको पहरा ग्रामपञ्चायत, झिकटैया थाना बासोपट्टी वडा नम्बर १ का ३२ वर्षीय मोहम्मद नवाउदिन रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
सोमबार बिहान धनुषाको नगराइन नगरपालिका २ को आँपको बगैंचामा उनको बेवारिशे शव फेला परेको थियो । अत्यधिक मदिरा सेवनको कारण उनको मृत्यु हुन सक्ने प्रहरीको आशंका छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर