spot_img

एमाले उमेदवार सुहाङलाई २६ सयभन्दा बढी मतको अग्रता, रास्वपा चौथो

सुहाङलाई २६ सयभन्दा बढी मतको अग्रता, रास्वपा चौथो
प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । २० हजार ५३६ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६०३ को मतान्तर बनाएका हुन् ।

सुहाङले ८ हजार ४८७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार ८४४ मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार २६२ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार २६९ मत सहित चौथो स्थानमा सीमित छन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर