spot_img

दाङकाे राजपुरमा आगलागी : खरले छाएका २४ वटा घर जले

दाङकाे राजपुरमा आगलागी : खरले छाएका २४ वटा घर जले

दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ वटा घर जलेर नष्ट भएका छन् । आगलागीले अरू १० वटा गोठसमेत जलेर नष्ट भएको राजपुर–७ का वडाध्यक्ष पुष्कर वलीले बताउनुभयो ।

गाउँमा रहेका २५ वटा घरमध्ये २४ वटा जलेर नष्ट भएका हुन् । आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो । आगलागी भएका सबै घर खरले छाइएका थिए । जस्ताले छाएर बनाएको मानबहादुर गिरीको घरबाहेक सबै घर जलेका हुन् ।

नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो । स्थानीयवासीले आगो निभाउने प्रयास गरे पनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताउनुभयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर