spot_img

लुम्बिनीमा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यासबाट जनचेतना कार्यक्रम सम्पन्न

लुम्बिनीमा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यासबाट जनचेतना कार्यक्रम सम्पन्न ।
दिनेश प्रसाद लोध, लुम्बिनी
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा बदलिदो मौसमको कारण हुन सक्ने आगलागीको घटनालाई मध्येनजर गरी विपद् पूर्व तयारी अनुरुप सरोकार वाला निकायहरुको समन्वयमा सशस्त्र प्रहरी बल, नेपाल नं. 27 गण हे.क्वा. रुपन्देही द्धारा आयोजित आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास (Simulation Exercise) लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३ स्थित लुम्बिनी बिकास कोषको खेल मैदानमा सम्पन्न भएको छ ।
देशको आवस्था र भौगोलिक, मानविय अज्ञानता, गरिबि तथा लापरवाहीका कारण हामीले विपत् कालागि धेरै अनुकुल आवस्था रहे पनि आगलागि पुर्व जानकारी विना आउने यस्ता विपत् लाई चाहेर पनि पुर्णरुपमा निस्तेज गर्न सकिएको छैन तर पुर्व तयारी वा प्रभावकारी तरिकाबाट विपत् वा क्षतिलाई न्युनिकरण गर्न सकिन्छ ।
आगलागी हुन बाट बाच्न नगरपालिका स्तर र टोल टोलमा चेतना फैलाउने र आगलागी लगाउने लाई व्याक्ति पहिचान गरि कानुनी रुप दण्ड र सजाय हुनुपर्ने र गाउँ टोल विकास संस्थालाई यसलाई निगरानी गर्न लागाउने । आगलागी भएको हुँदा तुरुन्त सम्बधित निकायमा जानकारी गरि आगलागि विपत् लाई न्युनिकरण गर्न सकिने मेयर सजरुद्दीन मुसलमानले बताए ।
उक्त कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सजरुद्दीन मुसलमान, उप-प्रमुख कल्पना हरिजन, रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी राना र रामचन्द्र अर्याल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रन्जित सिंह राठौर, सशस्त्र प्रहरी बल नेपाल नं. 27 गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगर, लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडा अध्यक्षहरु, नेपाली सेना तथा नेपाल प्रहरीका स्थानिय प्रमुखहरु, सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरु, लुम्बिनी बिकास कोषका कर्मचारी एवं सुरक्षा कर्मीहरु, विभिन्न संचार माध्यमका पत्रकार तथा स्थानिय भद्रभलाद्‍मीहरुको उपस्थिती रहेको । उक्त गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरले बेला बेलामा संचालन हुने यस्ता किसिमका जनचेतनामुलक कार्यक्रमहरुले भबिष्यमा हुन सक्ने आगलागी सम्बन्धी दुर्घटनाहरु बाट बच्न/बचाउन गाउँ समाजमा सकारात्मक पाठ सिकाउने बिश्वास व्यक्त गर्दै सम्पूर्ण अतिथी महानुभावहरु लगायत कृत्रिम घटना अभ्यास कार्यक्रममा भाग लिने सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत धन्यवाद व्यक्त गर्नु भएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर