spot_img

बुटवल  जीतगढि किल्लामा नाटक प्रर्दशन हुने दिनेश घिमिरे बुटवल बैशाख ५

 बुटवल  जीतगढि किल्लामा नाटक प्रर्दशन हुने

दिनेश घिमिरे बुटवल बैशाख ५

रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालको गौरव गाथा बोकेको ऐतिहासिक जितगढि किल्लामा नाटक प्रर्दशन हुने भएको छ। नेपाल र अग्रेज बीचमा भएको युद्ध र तत्कालिन अवस्थाको परिवेशलाई झल्काउने गरी यही बैशाख २० गतेदेखि २७ गते सम्म दैनिक रात्रीकालिन समयमा १ घण्टा नाटक प्रस्तुत गर्न लागिएको आयोजक मध्येका एक प्रदिप चापागाईले हाम्रो लुम्बिनी खबरलाई बताउनु भयो ।

जीतगढि किल्लामा संचालन हुने नाटक लाई २१ संय जनाले प्रत्यक्ष सहभागि भई हेर्न पाउने व्यवस्था गरिएको छ भने प्रवेशमा कुनै पनि किसिमको शुल्क नलिने आयोजकले जनाएको छ । “ओपन थेयटर प्ले जीतगढि किल्ला द अनसंग वरियर उजीर सिहं थापा” नामक उक्त नाटक प्रर्दशनीमा नेपाल र अग्रेज बीचमा भएको युद्ध तथा त्यसको ऐतिहासिक पृष्ठभूमि र उजीर सिंह थापाको भूमिका लाई प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

द नेष्ट लेभल प्रोड्क्सनको आयोजनामा हुन लागेको नाटक प्रर्दशनीले नयाँ पुष्ता र समाज लाई इतिहासको महत्व बारे प्रकाश पार्नेछ। हाल आयोजक संग ५० भन्दा बढी नाट्य कलाकार अनुबन्ध रहेको आयोजकले जनाएको छ ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर