- रुपन्देहीको तिलोत्तमामा बस दुर्घटना
रुपन्देहीको तिलोत्तमामा २०८१ बैशाख २ गते बिहान भयानक बस दुर्घटना भएको छ । विरगञ्जदेखि भैरहवाका लागि छुटेको उक्त बस आफै अनियन्त्रीत भई तिलोत्तमा १५ कोटिहवामा सडक छेउको रेलिङमा ठोक्किएको हो प्रहरीको भनाइ रहेको छ । दुर्घटना कुनै मानवीय क्षति भने भएको छैन ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालका अनुसार बा ४ ख ४८६ नम्बरको बस बिहान करिब ५ बजे दुर्घटनामा परेको जानकारी दिनु भयो ।
बसमा सवार १९ जना यात्रु सकुशल रहेको र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको डिएसपी खनालले जानकारी दिनु भयो बिहान को समय ड्राइभर निद्रामा भएर दुर्घटना भएको हुन सक्ने केही स्थानीय को भनाइ रहेकोछ घटना स्थलमा प्रहरी स्थानीय तुरुन्त पुगेका थिए ।
रुपन्देहीको तिलोत्तमामा बस दुर्घटना
प्रतिक्रिया