बुटवल उपमहानगरपालिकाले ग-यो ८० प्रतिशत मुद्दामा मेलमिलाप नगरकार्यपालिका बाट नयाँ संयोजकमा पन्थी चयनदिनेश घिमिरे-बुटवल चैत्र २८
बुटवल उपमहानगरपालिकामा न्यायीक समिति समक्ष दर्ता भएका मुद्दाहरु मध्ये झण्डै ८० प्रतिशत मुद्दा मेलमिलापको माध्यम बाट समाधान हुने गरेको छ । बुटवल उपमहानगरपालिका गत आर्थिक वर्षमा जम्मा १ संय ४२ थान मुद्दा परेकोमा मेलमिलापको माध्यम बाट १ सय १० मुद्दाको फैसला भईसकेको छ भने २२ थान मुद्दा प्रक्रियामा रहेको बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायीक समिति संयोजक शाबित्रा अर्यालले बताउनु भयो ।
नेपालको संविधान २०७२ को धारा २१७ मा कानुन बमोजिम अधिकार क्षेत्र भित्रका विवाद निरुपण गर्नका लागि गाउँपालिका वा नगरप्रमुखको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समितिको व्यवस्था गरेको छ । जस अन्र्तगत स्थानीय सरकार संचालन ऐन २०७४ अर्न्तगत दफा ४७ का मुद्दाहरु, मेलमिलाप सम्बन्धी ऐन २०६८, संबिधानको अनुसूची ८ अर्न्तगत एकल अधिकार सुची भित्रका मुद्दाहरु रहेका छन् ।न्यायीक समितिको कामलाई सहज, चुस्त, दुरुस्त एवं प्रभावकारीबनाउनका लागि बुटवल उपमहागरपालिकामा १ संय साठी जनासूचीकृत मेलमिलाप कर्ताको व्यवस्था गरिएको छ । मेलमिलापकर्ताहरुलाई आधारभूत मेलमिलाप सम्बन्धी तालिमको व्यवस्थाबुटवल उपमहानगरपालिकाले गर्दै आईरहेको नगर उपप्रमुख अर्याललेबताउनु भयो ।
नगरपालिकामा उजुर परिसकेपछि उजुरी दर्ता गर्ने, प्रतिवादी लाई जानकारी दिने, प्रतिउत्तर पेश गर्न लगाउने देखि उक्त मुद्दालाई सम्बन्धित वडा कार्यालयमा पठाउने वडा कार्यलयमा रहेका मेलमिलापकर्ता मार्फत दुबै पक्षलाई झिकाई मुद्दामाथि छलफल गराउने, बैकल्पिक अवस्थाका साथै मुद्दाले पार्न सक्ने प्रभावको बारेमा अवगत गराई पक्षहरुको बीचमा पक्षहरुकै सहमति बाट समस्याको समाधान गर्ने गरिएको उपप्रमुख अर्यालले बताउनु भयो ।
अहिले बुटवल उपमहानगरपालिकाको नगरकार्यपालिकाबाट मेलमिलाप सम्बन्धि कार्यबिधि पारित भएको छ । नयाँ कार्यबिधि बमोजिम मेलमिलाप कर्ता मध्ये बाट एकजना लाई संयोजक र एक जना उपसउंयोजकमा चयन गर्ने व्यवस्था गरिएको छ । हालै सम्पन्न कार्यपालिकाको बैठकबाट मेलमिलाप कर्ता मध्येबाट १ जना संयोजक र एक जना सहसंयोजक नियुक्त गरिएको छ ।
न्यायिक समितिले निर्दिष्ट गरेका कार्यलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्ने, मेलमिलापकर्ता सदस्यहरुको बीचमा समन्यय कायम गर्ने, गराउने र मेलमिलापकर्ता सदस्यहरुलाई थप अतिरिक्त
तालिमहरुको व्यवस्था गरी मुद्दाहरुलाई मेलमिलापको माध्यमबाट प्रभावकारी रुपमा समाधान गर्ने कार्यमा अघि बढाउने नवनियुक्त मेलमिलाप कर्ताका संयोजक केशबराज पन्थीले बताउनु भयो । बुटवल उपमहानगरपालिाका वडा नं.-३ निवाशी केबलराज पन्थी विगत लामो समय देखि मेलमिलाप कर्ताको रुपमा काम गर्दै आउनुभएको छ ।
मेलमिलापको माध्यमबाट समस्याको बैज्ञानिक ढंगबाट समाधान हुनुका साथै पक्षहरुको समय र पैसा दुबैको बचत हुने, दुबै पक्ष लाई जीत-जीतको अनुभूति हुने गर्दछ । मेलमिलापको माध्यमबाट समस्याहरुको समाधान गर्ने कार्यमा बुटवल उपमहानगरपालिकाले प्रभाबकारी भूमिका खेलिरहेको जानकारले बताउने गरेका छन् ।