spot_img

सबैको रोजाइ माँ कामाख्या मन्दिरमा दिव्य महाआरती हुने

आज देखि माँ कामाख्या मन्दिरमा दिव्य महाआरती हुने
बुटवल चैत्र २७
दिनेश घिमिरे
धार्मिक एवं ऐतिहासिक धरोहरको रुपमा रहेको लुम्बिनी केबलकारको माथिल्लो स्टेशन तिनाउ गाउँपालिका वडा नं.-३ बशन्तपुर माता कामाख्याको मन्दिर परिषरमा मानव कल्याण, जीवकल्याण र विश्वशान्तिको कामना सहित आज देखि महासन्ध्या आरती हुने भएको छ ।

आज चैत्र शुक्ल प्रतिष्पर्दा चैत्र २७ गतेदेखि बैशाख ५ गते रामनवमि सम्म सन्ध्या महाआरति संचालय हुने लुम्बिनी केबलकारका अपरेशन म्यानेजर दिल्ली नारायण कायस्थले वताउनु भयो ।

कामाख्याको मन्दिर लुम्बिनी प्रदेशको पाल्पा जिल्ला तिनाउँ गाउँपालिका वडा नं.-३ मा अवस्थित छ । कामाख्या मन्दिर नेपालमा एक मात्र मन्दिर भएको र दैनिक संयौको संख्यामा माता कामाख्याको दर्शनको तिर्थयात्रुहरु भारत बाट समेत आउने गरेको कामाख्या मन्दिरका मूल पुजरी सुरेश पौडेले बताउनु भयो ।
तिर्थ यात्री एवं स्थानीयहरुको माग बमोजिम सन्ध्या महाआरतीको शुरुवात गरिएको र राम नवमि सम्म दैनिक रुपमा रहने र त्यसपछि मासिक साप्ताहिक रुपमा संचालन गरि क्रमश दैनिक सन्ध्या महाआरतिको रुपमा बिस्तार गरिने अपरेशन म्यानेजर दिल्ली नारायण कायस्थ बताउनु भयो ।

समाजमा नैतिकता सदाचार र मर्यादाका लागि धार्मिक समारोहको महत्वपूर्ण भूमिका हुने सन्ध्या आरतीले मानव भित्र रहेका विकार तत्वहरु कोध, मोह, लोभ, काम बाट छुट्कारा दिलाउनुका साथै मानव जीवनका दुःख कष्ट बिध्नबाधा बाट मुक्त गरी मानव जीवनमा ज्ञात, अज्ञातमा हुने कुर्कम बाट मुक्ती प्राप्त हुने, पितृ उद्दार एवं पितृ दोष बाट मुक्त हुने महाआरति संचालन मूल समारोहका मुख्य प्रमुख कथा वाचक पं. प्रकाश तिवारीले बताउनु भयो । धार्मिक तपोभूमिको रुपमा तिनाउ ३ पाल्पा बशन्तपुर रहनुका साथै परापूर्वकालमा ऋषिमुनीहरुको तप, ध्यान र साधनाको स्थलको रुपमा परिचित हुनुका साथै ध्यानमग्न अवस्थाको लागि पर्वतको चुचुरोमा प्रथम सत् प्रभाव पर्नेभएकोले बशन्तपुर डाडो ऋषिमुनीहरुको पबित्र स्थलको रुपमा रहेको तिवारीले बताउनु भयो ।

समुद्री सतहबाट झण्डै १ हजार मिटरमा अवस्थित बशन्तपुर प्राकृतिक रुपमा स्वच्छ, शान्त, रमणीय हिल स्टेशनको रुपमा रहेको छ । बशन्तपुर बाट चारैतिर ठुलाठुला पहाड देखि अन्नपुर्ण हिमश्रृखलाका सेता हिमालहरु देख्न सकिन्छ । बशन्तपुरको दक्षीणतर्फ नेपालको समथल भूमि तराई मधेश हुदै भारतको उत्तर प्रदेशको भूभाग देख्न सकिन्छ ।

गत वर्ष देखि संचालनमा आएको बुटवल- बशन्तपुर लुम्बिनी केवलकारको यात्रा बाट करिब १२ मिनेटमा माता कामाख्याको दर्शनको लागि पुग्न सकिन्छ भने बुटवल बाट पैदल यात्रा गरि करिब ३ घण्टामा बशन्तपुरमा पुग्न सकिन्छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर