spot_img

सर्लाहीवाट लाखौं रकमसहित हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

सर्लाहीवाट लाखौं रकमसहित हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

सर्लाही प्रहरीले हुण्‍डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मलंगवा बजारमा श्रोत नखुलेको नगद रकम सहित हुण्डी कारोबार गने दुई जनालाई अबैध हुण्डी कारोवारको रकम ओसार पसारको सचनाको आधारमा दुई जनालाई नगद पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले दुई जनालाई स्रोत नखुलेको २७ लाख ७५ हजार ६ सय ७० नगदसहित पक्राउ गरेको बताए । एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा बर्ष २४ को कमर राजा र बर्ष ४० को आरिफ अंसारी छन् ।

प्रहरी टोलीले सुचनाको आधारमा राजाको साथवाट कालो रंङको झोला नगद १ सयका एक हजार थान गरि १० लाख र लक्ष्मी सनराईज बैंकको ९ लाख ९०,हजार जम्मा गरेको २ वटा भौचर समेत समेत बरामद गरेको थियो । प्रहरीले अनुसन्धानको क्रममा उक्त रकम आरिफ अन्सारीको रहेको र उक्त आरिफ अन्सारीले सञ्चालन गरेको फोन सिटि मोवाईल पसलमा छापा मार्दा खैरो रङको कपडाको झोला भित्र कालो प्लाष्टीकमा लुकाई लुकाई छिपाई राखेको अवस्थामा १ सयको दरको नोट १ हजार ४ सय ५४ थान गरि १४ लाख ५४ हजार, ५ सयको नोट ६सय २२ थान ३ लाख ११ हजार १ सय को नोट १ सय ९ थानमा १० हजार९ सय गरि १७ लाख ७५ हजार ९ सय ७० गरि जम्मा २७ लाख हजार ९ सय बरामद गरेको छ ।

प्रहरी स्रोत अनुसार आरिफ अंसारी मानव तस्करी र अवैध सुनकारोवारी समेत रहेको खुलेको छ ।

उनीहरूमाथि प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाएको छ। उनीहरूलाई हिरासतमा राख्न जिल्ला अदालत सलाहीमा प्रहरीलाई अनुमति दिएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर