रुपन्देहीको कन्चन गाउँपालिका पाँच वटा वडा मिलेर बनेको छ साबिक गजेडी गाविस र रुद्र्पुर गाविस गाबेर कन्चन गाउँपालिका बनेको हो।
ईलाका प्रहरी कार्यलय रुद्रपुर सिंगो कन्चनको गाउँपालिकाको सुरक्षाको जिम्मेवारीपूर्वक ईलाका प्रहरी कार्यलयले रुद्रपुरले सिंगो शान्ती सुरक्षाको कार्य गर्दै आएकोछ।
ईलाका प्रहरी कार्यलय रुद्रपुर अन्तर्गत कन्चन ३मा अस्थायी प्रहरी पोस्ट प्रतापुर र कन्चन २ मा गजेडी प्रहरी चौकी वेउरीले समेत उत्कृष्ट शान्ती सुरक्षामा क्षेत्रमा राम्रो काम गर्दै आएको छ ।
ईलाका प्रहरी रुद्र्पुरमा कार्यलय प्रमुख भएर आएलगतै प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले शान्ती सुरक्षा थप मजबुत हुदै गएको बताईएको छ ।
लागू औसध, चोरी डकैती, नियन्त्रण को लागि विशेष गस्ती परिचालन गरिएको प्रहरी निरीक्षक कार्यलय प्रमुख सुर्य बहादुर शाहिले बताउनु भयो।
उहाँले कसैले गल्ती गर्छभने कानुन बोमजिम कसैलाई नछाड्ने र अन्यायमा परेकालाई न्याय दिलाउने बताउदै कसैको दबाबमा आफु र आफ्नो टिमले काम नगर्ने बताउदै अन्यायमा परेकालाई प्रहरीले गर्न सक्ने सहयोग सधैं गर्ने बताउनुभयो उहाले उपस्थिति सम्पूर्ण लाई धन्यवाद दिनुभएको थियोे ।
यस्तै रुद्रपुर ट्राफिक इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण पुन आए संगै कन्चनमा लाइसेन्स बिलबुक बिना हिड्ने तिव्र गति हाक्ने हेल्मेट नलगाई हिड्ने को कमि आएको स्थानीयले बताउछन ट्राफिक नियम अनुसार साधन चलाएमा दुर्घटना बाट धेरै बच्न सकिने इन्चार्ज कृष्ण पुनले बताउनु भयो।
लैंगिक हिंसा विरुद्ध को कार्यक्रममा प्रमुख अतिथि वडा न २ का कार्यबाहक अध्यक्ष भरतलाल यादवले महिलाको हक हित को लागी आफुले काम गर्ने बताउनु भयो।
विशिष्ट अतिथि कार्यपालिका सदस्य रन्जना थारु टोल बिकास संस्था अध्यक्ष कविराज काउचा सञ्चारक्रमी दिनेश घिमिरे लगायतले महिला हरुको हक हितको बारेमा बोल्नु भएको थियोे यस्तै कन्चन १ मा चैत्र १४,१५ गते प्रशिक्षण कार्यक्रम तथा लागुऔसध विरुद्ध कार्यक्रम लगाएतको बारेमा जनचेतनामूलक र्याली प्रस्तुत गरिएको थियोे वडा न १ को कार्यक्रममा ३५४ जना सहभागी रहेको कार्यक्रममा वडा न २ मा ३११ क्लब आमा समुह टोल संस्था पत्रकार लगाएतको उपस्थिति रहेको थियोे।
कार्यक्रम सन्चालन कन्चन २ बगैमा सुरुवात भएको कार्यक्रम बिजय नगरमा समापन गरिएको थियोे । कार्यक्रम कन्चन २ को समन्वय तथा कन्चन ईलाका प्रहरी कार्यलय रुद्रपुरको आयोजना मा कार्यक्रम सम्पन्न भएको थियोे ।
कार्यक्रमको सन्चालन ईलाका प्रहरी कार्यलय सहायक कार्यलय प्रमुख तथा लेखा अधिकृत प्रहरी नायब निरीक्षक धर्म कुमार खडकाले कार्यक्रम संयाेजककाे भुमिका निर्वाह गर्दै ।सामाजिक अपराध नियन्त्रण गर्न समाजका हरेक व्यक्ति जिम्मेवार बन्नुपर्ने बताउदै सचेतना कार्यक्रमलाइ पालिकाले अझै महत्वका साथ गर्नुपर्ने बताउदै कार्यक्रम सन्चालन गर्नुभएको थियोे ।