spot_img

लुम्बिनीका नेटुवा समुदायद्वारा नेकपा एमाले कार्यकर्तालाई सम्मान।

लुम्बिनीका नेटुवा समुदायद्वारा नेकपा एमाले कार्यकर्तालाई सम्मान।
दिनेश प्रसाद लोध, लुम्बिनी
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ पडरिया चौकमा नेटुवा समुदायले लुम्बिनीमा एमाले कार्यकर्तालाई सम्मान गरको छ ।
नेटुवा समुदायका लागि नेकापा एमाले २०७४ साल देखि सर्वाहारा ओकालत गर्ने पिडितलाई न्याय र पिडकलाई सजाय भन्ने अभियानमा नेपालका लोकउन्मुख अल्पसंख्यक तथा पिछडा वर्गलाई राज्यको सेवा सुविधाबाट जोगाउदै नेटुवा जातिलाई अल्पसंख्यक लोपउन्मुख जातिमा सुचिकृत गरि हाम्रो मागहरुलाई नेपाल सरकार संग पुर्याई नेटुवा समुदायले नेकापा एमाले पार्टीका कार्यकर्तालाई लुम्बिनीमा सम्मान कार्यक्रम गरि सम्मानित गरेको नेटुवा समुदायका अध्यक्ष अनिल नेटुवाले बताए ।
कार्यक्रममा सम्मानित लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजन, वडा नम्बर ३ का वडा अध्यक्ष अकरामुद्दीन नाँउ, वडा नम्बर १२का वडा अध्यक्ष हरिकेश लोध, राम चन्द्र यादव, टिका कुमारी कटेल, मन्जु पराजुली, इन्साफ मुसलमान, विक्रम लोध, युवा नेता हजरत बेलाल मुसलमान , नगर अध्यक्ष निशार अहमद मुसलमान राउटे उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष शान्ति देवी खड्का लागयतका ११ जना कार्यकर्तालाई नेटुवा समुदायले एक कार्यक्रम बिच सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै उपमेयर कल्पना हरिजन नेटुवाहरु भिख माग्न छोड्ने भने यहाँहरुको नगरपालिकाबाट विभिन्न आयमुलक सिपमुलक तालिम गराई महिलाहरुलाई सिलाई कटाई तालिम दिलाई रोजगारीको अवसर सिर्जना गरि बाल बालिकाहरुलाई अनिवार्य शिक्षा दिलाउन प्रेरित गर्दै उन्मुख जाति नेटुवा जातिकाे हक हित अधिकारकालागि सधै तयार रहने वहाले बताउनुभयो। १९०जना नेटुवाहरुको सहभागितामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर