ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट, २ जनाको मृत्यु
ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ ।
आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा सुनसरी घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र ३० वर्षीय पुजन राई रहेका छन् ।
पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।