spot_img

लेख्नै व्यस्त लेखबहादुर : जसले स्थायी जागिर छोडेर ४३ बर्षदेखि आर्ट गर्छन्

लेख बहादुर राना ६५ बर्षका भए । उनी तम्घासमा आटको व्यासायको व्यावसायीक सुरुवात गर्ने पहिलो व्यक्ति हुन् । जसले ४३ बर्षदेखि तम्घासमा आर्टको काम गर्छन् । थुप्रै पार्टीका झण्डा बनाए । व्यावस्था परिवर्तनका थुप्रै नारा पार्टीहरुका व्यानरमा कोरे । बुढ्यौलीले कपाल फुल्यो । तर, आफ्नो र देशको अवस्था फेरिएन् । सवै पार्टीका झण्डा बनाउन आउँछन् । झण्डा सधै बनाउन पर्दैन् । यो मौषमी व्यापार हो । पार्टीका सभा, समारोह र चुनावहरुमा मात्रै झण्डा बनाउनुपर्छ । तीन किसिमका झण्डा बन्ने गरेका छन् । साना झण्डाको मुल्य एक सय, मझौलाको तीन सय र ठुला झण्डाको मुल्य पाँच सय रहेको लेख बहादुरले बताए । पार्टीको चिन्ह अनुसार पनि मुल्य फरक पर्छ । झण्डा र व्यानर पनि मेसिन मार्फत छाप्न थालेकाले हातले लेख्नेहरुको व्यावसाय संकटमा परेको रानाले गुनासो गरे । डिजिटलसंगै निर्वाचन आयोगले टिर्सट, टोली, व्यानरमा प्रतिवन्ध लगाएपछि व्यावसाय संकटमा परेको उनको भनाई छ । ‘थुप्रै बर्षदेखि पार्टीका झण्डा र व्यानर बनाएको छु । कैयौ समृद्धिका नारा पनि पार्टीका व्यानर र भित्ताहरुले लेँख,’उनले भने,‘बुढेशकालसम्म न मेरो प्रगती भयो न देशको समृद्धि ।’

जब स्थायी जागीर छोडेर काम खोज्न बजार छिरे

लेख बहादुर रानाको घर छत्रदेव गाउँपालिका ५ अर्घाखाँची हो । उनले ०३६ सालबाट तम्घासमा आर्टको काम गर्दै आएका छन् । राना गाउँकै एक बिद्यालयमा स्थायी शिक्षक थिए । उनी बिद्यालय पुग्न डेढ घण्टा लाग्थ्यो । मासिक एक सय ८२ रुपैयाँ मात्रै पारिश्रमीक थियो । त्यो बेला पेन्सन हुन्थेन । रानाको मन डुल्यो । त्यसपछि १५ पुस ०३६ सालमा हिउँदे बिदाको मौकामा काम खोज्न तम्घास आए । त्यो बेला गाउँका कुलप्रसाद श्रेष्टले गुल्मी अदालतमा लेखापढी गर्थे । रानाले पनि श्रेष्टको सहयोगी भएर संगै सिक्न थाले । तर, उनको अक्षर र चित्रकला राम्रो भएकाले अधिवक्ता प्रेम आचार्यको आग्रहमा बजारकै राजकुमार कक्षपतिकोमा बसेर घडी, रेडियो मर्मत र आर्टको काम थाले । लगत्तै हुलाक मार्फत बिद्यालयमा राजीनामा पठाए । उनले कक्षपतिकोमा लगभग ६ बर्ष काम गरे । रानाले ०४३ सालदेखि आफैले लगानी गरेर व्यावसायीक आर्टको काम थालेका हुन् ।

हातैले लेख्दा गौरव महसुस गर्छु

त्यो जमनामा इनामेल ल्याउन हिडेर भैरहवा पुग्नु पथ्र्यो । पाल्पाबाट बोर्ड बनाएर डोकोमा बोकेर ल्याउनुपर्ने अवस्थाको अन्त्य लेख बहादुर रानाले गरे । त्यो बेला हातले लेख्ने बाहेकका बिकल्प हुने कुरै भएन् । जसका कारण ४३ बर्ष पहिलेदेखि अहिलेसम्म रानाले हातलेनै लेख्दै आएका छन् । आर्ट र घडी रेडियो मर्मत रानाको रुचीको बिषय हो । उनले कुनै तालिम वा प्रशिक्षण लिएका छैनन् । तत्कालिन समयमा पाल्पाको अशोक आर्टले बनाएका बोर्ड र व्यानरबाट राना प्रभावित थिए । केहि सरकारी कार्यालय र होटलले बाहेक बोर्ड बनाउने चलन थिएन । सुरुमा एउटा बोर्ड बनाएको डेढ सय हुन्थ्यो । रानाले घडी रेडियो मर्मतसंगै आर्टको कामसंगै अगाडी बढाए । अहिले डिजिटल व्यानर र बोर्डहरु बजारमा आएका छन् । सस्तो, मेहेनत र समय कम लाग्ने भएकाले डिजिटल प्रति आर्कषण बढि रहेको छ । तर, बलियो र गुणस्तर खोज्नेहरु पनि घटेका छैनन् । त्यसैले लेख बहादुरले लेख्न छोडेका छैनन् । आफुलाई लेख्दानै गर्वको अनुभुति हुने भएकाले व्यावसायलाई डिजिटल नबनाएको रानाले बताए । अहिले योजनाको होर्डिङ्ग बोर्ड, साइनबोर्ड, र नेपप्लेट बनाउनेहरु रानाकोमा आउँछन् । हातले लेख्नेहरुमा मेहेनत र समय बढि लाग्ने भएकाले महङ्गो पनि छ । साइज अनुसार एक हजारदेखि पाँच हजारसम्मका होर्डिङ्ग बोर्ड र साइनबोर्ड बन्ने गरेका छन् ।

प्रविधिले पेसा पुस्तान्तरण भएन

लेख बहादुरले आर्ट थाल्दा धेरैले स्याबासी दिए । किनकी बोर्ड र व्यानर बनाउन पाल्पा नपुग्नुको बिकल्प जिल्लामा थिएन् । रानाले आर्टको व्यावसायीक काम सुरु गरेपछि जवार, बिष्णु, रजी, श्रीनगर, गणेश, पुष्प र मोहन लगायतका आर्टहरु पनि संचालन भए । तर, समय प्रविधिमैत्री भएकाले डिजिटल आएपनि सन्तानमा पेसा पुस्तान्तरण भएन् । लेख बहादुरका दुई छोरा छन् । आर्ट गर्दैनन, बरु हरु पेसा गरिरहेका छन् । पाँच बहिनी छोरी मध्ये दुई छोरीहरुले मिरा टेर्लस संचालन गरिरहेका छन् । तम्घासकै अरु आर्टमा पनि आफ्ना सन्तानमा व्यावसाय पुस्तान्तरण छैन् । लेख बहादुरले हातले झण्डा, व्यानर, साइनबोर्डसंगै, होर्डिङबोर्ड र नेमप्लेट बनाउँदै आएका छन् । सदरदरमा मासिक २०÷३० हजार आम्दानी हुने गरेको छ । मान्छेसंगै पेसापनि बुढो भएकाले आँखाले देख्ने र हातले छोप्ने बेलासम्म समय कटाउन र घरखर्च चलाउने रानाले बताए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर