spot_img

नेपाल २० वर्षमुनिको एसियन कप छनोटमा बङ्गलादेशसँग खेल्दै

समृद्धि न्यूज डट.कम
नेपालले २० वर्षमुनिको एसियन कप छनोटमा आज बङ्गलादेशसँग खेल्दैछ । छनोटमा नेपालले आज चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । खेल बहराइनको शेख अलि बिन मोहमद अल खालिफा मैदानमा राति पौने ९ बजे सुरु हुनेछ । नेपालले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ ।

नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा भुटानसँग २–०, दोस्रो खेलमा कतारसँग ३–१ र तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोलले पराजित भएको थियो । समूह ‘बी’ मा रहेको नेपाल अङ्कविहीन छ । आजको खेलमा बङ्गलादेशलाई हराउन सकेमा तीन अङ्कसहित सुखद अन्त्य हुनेछ ।

बङ्गलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो । समूह विजेता टोलीले सन् २०२३ मा उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउनेछ । सबै तीन खेलमा जित निकालेको कतार ९ अङ्कसहित शीर्षस्थानमा छ । बहराइनको ७ अङ्क छ । अब कतार र बहराइनमध्ये एउटा टोलीले एसियन कपमा स्थान बनाउनेछ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर