spot_img

पैसा लिएर पनि कार्यक्रम गर्न नगएको भन्दै १९७४ एडीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । पैसा लिएर पनि कार्यक्रम गर्न बेलायत नगएको भन्दै सांगीतिक ब्याण्ड १९७४ एडी र ब्याण्डका व्यवस्थापक सञ्जय श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी परेको छ ।

१९७४ एडी र व्यवस्थापक श्रेष्ठविरुद्ध ठगीको अभियोगमा बेलायत बस्ने नवीन गुरुङले इमेलमार्फत जाहेरी दिएका हुन् ।

बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडका तर्फबाट गुरुङले १९७४ एडी र उसका प्रबन्धक श्रेष्ठसँग ३ लाख रुपैयाँ मागदाबी गर्दै उजुरी दिएको बताइएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहराले इमेलको माध्यमबाट आएका उजुरीलाई पनि प्रहरीले गम्भीरताका साथ छानबिन गर्ने जनाए । ‘यसमा चाहिं के भएको छ भन्ने बुझ्नैपर्छ,’ उनले भने ।

ब्याण्डका म्यानेजर श्रेष्ठले भने नवीन गुरुङसँग कुनै सम्झौता नभएको र आफूहरुले उनलाई नचिन्ने दाबी गरे । कानुनी प्रक्रियामै गइसकेकाले अब आफूहरुले पनि कानुनी लडाइँ लड्ने उनले बताए ।

लण्डनमा सांगीतिक कार्यक्रम आयोजना गर्नका लागि कलाकारको व्यवस्थासहितको प्रस्तुति १९७४ एडीले गर्ने र एचएबीअ मुभेन्ट लिमिटेड आयोजक बन्ने गरी गत चैतमा सहमति गुरुङको भनाइ छ ।

सहमति अनुसार १९७४ एडीले पाउने १५ लाख रुपैयाँको पारिश्रमिकको १० प्रतिशत रकम समेत भुक्तानी भइसकेको थियो । तर १९७४ एडीले कार्यक्रम गर्नका लागि आफूहरुले बारम्बार ताकेता गर्दा पनि कुनै चासो नदिएको उनको भनाइ छ

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर